एमसिसि विकास परियोजना हो, विवाद नगरौं : महन्थ ठाकुर

 संवाददाता    २०७८, २९ माघ शनिबार २१:०८     123 जनाले पढ़िसके



Spread the love

जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी परियोजना विशुुद्ध विकासको योजना भएको बताएका छन्

शनिबार जनकपुरमा ठाकुरले सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी विकास परियोजना भएकाले यस विषयमा विवाद गर्नु अर्थहिन भएको बताए।

पछिल्लो समय एमसीसीको विषयमा नेपाली जनता नकरात्मक भएका बेला ठाकुरको यस्तो भनाइ आएको हो।

अमेरिकाले यतिबेला एमसीसी सहयोग नेपाललाई लिन दबाब दिइरहेको छ। यसबीचमा उनले एमसीसीबाट आउने सहयोग रकम सडक निर्माण र विद्युतीकरणमा खर्च गरिने उल्लेख गर्दै गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताए।