मेचीनगरको चाउचाउ उद्योगमा भीषण आगलागी

 संवाददाता    २०७८, २९ माघ शनिबार ०९:०५     107 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । झापा मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको हो ।

झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । इलाम, मोरङ र सुनसरीबाट दमकल आएको उनले बताए ।

निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।