२४ लाख मात्रा खोप हराएको छैन, केही दिनमै विवरण सार्वजनिक गर्छौँं : मन्त्री खतिवडा

 संवाददाता    २०७८, २८ माघ शुक्रबार १४:५९     137 जनाले पढ़िसके



Spread the love

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख मात्रा खोप नहराएको बताएका छन्।

आफूले मन्त्रालयको जिम्मेवारी समालेको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप नहराएको र यसबारे छानबिन भइरहेको बताएका हुन्।

‘२४ लाख मात्रा खोप हराएको छैन। गाउँगाउँमा पुगेको खोपको विवरण आउन बाँकी छ। खोप लगाएर बाँकी रहँदा बचेको केही मात्रा खेर जान्छ,जसले गर्दा केही खोप खेर गएको छ भने गाउँगाउँमा लगाइएको खोपको विवरण आउन बाँकी छ। हामीले त्यो खोपको विवरण मागिरहेका छौँ’‚ उनले भने ।

खोप छानबिनका लागि डा. गुणराज लोहनीको नेतृत्वमा छानबिन कमिटी बनाइएको र आगामी फागुन १ र २ गतेभित्रै सम्पूर्ण विवरण आउने समेत उनले बताए। सबै विवरण आएपछि कुन खोप कति लगाइएको, कति खेर गएको सबै सार्वजनिक गरिने समेत उनले बताए।