काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८८० को नमूना परीक्षण गर्दा एक हजार ३६९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आठ हजार हजार ८८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार २३८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ३० हजार ६०७ पुगेको छ । निको हुने दर ९५ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख २० हजार ६०१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ ।