बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ। विगतमा कोरोनालाई कारण बनाएर बैठक सारिएकोमा यसपटक सरकारको आग्रहमा सारिएको हो । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न आग्रह गरेका थिए ।संसद सचिवालय स्रोतले सूचना टाँस गरेर बैठक सरेकोबारे औपचारिक जानकारी दिइने बताएको छ । स्रोतका अनुसार अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ।