नेकपा एकीकृत समाजवादीद्वारा चुनावको मिति घोषणाको स्वागत

 #नेकपा एकीकृत समाजवादी     २०७८, २५ माघ मंगलवार २०:३२     102 जनाले पढ़िसके



Spread the love

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारले वैशाख ३० लाई घोषणा गरेको स्थानीय तह निर्वाचनको स्वागत गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको १३ औं बैठकले वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा स्वागत गरेको हो ।पार्टीले आगामी निर्वाचनमा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय पनि गरेको छ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि समाजवादीले औंल्याएको छ । यस सन्दर्भमा गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन समाजवादीले आह्वान पनि गरेको महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।