मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित

 संवाददाता    २०७८, २४ माघ सोमबार १८:४७     75 जनाले पढ़िसके



Spread the love

काठमाडौं– निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ। आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्ने निर्णय भएको जानकारी दिए।सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।प्रमुख निर्वाचन आयुक्त थपलियाले नामावली संकलनको काम स्थगित गरेर मंगलबार देखि नै अद्यावधिक गर्ने काम सुरु हुने बताए। ‘भोलिबाट मतदाता नामावली संकलनको काम हुँदैन,’ उनले भने, ‘अद्यावधिक गरेर बाँकी तयारीमा अघि बढ्छौं।’