नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवक्तामा केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई मनोनीत गरेका छन ।
देउवाले पार्टी विधान २०१७ को दफा २५,उपदफा (४) बमोजिम प्रवक्ता मनोनयन गरेका हुन।
दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम,कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने,कार्य विभाजन हेरफेर गर्ने र पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।
विगतमा सहमहामन्त्री रहेका महत काँग्रेसको गत १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनेर पराजित भएका थिए ।