लता मंगेशकरको स्वास्थ्य फेरि बिग्रियो, भेन्टिलेटरमा राखियो

 संवाददाता    २०७८, २२ माघ शनिबार १६:२४     87 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । कोरोना र निमोनियाबाट निको भएपछि लता मंगेशकरको स्वास्थ्य फेरि एकपटक बिग्रिएको छ ।जसका कारण उनलाई फेरि भेन्टिलेटर सपोर्टमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ८ जनवरीदेखि मुम्बईको प्रसिद्ध ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार उनको उपचार गरिरहेकी डा. प्रतिमा समदानीले हाल लताजी आईसीयूमा रहेको तर अहिले फेरि भेन्टिलेटरमा राख्नुपर्ने बताएकी छन् । उनको स्वास्थ्यको निरन्तर अनुगमन भइरहेको छ ।

यसअघि २७ जनवरीमा डा. समदानीले लता मंगेशकरको स्वास्थ्यमा निकै सुधार आएको भन्दै भेन्टिलेटर सपोर्टबाट हटाइएको बताएकी थिइन् ।लता मंगेशकरको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले उनको स्वास्थ्यबारे लगातार अपडेट दिइरहेको छ ।