काठमाडौँ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन २०७९ सालको जेठ ४ गते गर्ने समझदारी भएको छ । मंगलबार प्रधान मन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूतथा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो ।
छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने सरकारको तयारी रहेको जानकारी आयोगका पदाधिकारीलाई गराएकोमा त्यो मितिमा निर्वाचन गर्न सकिने आयोगका पदाधिकारीले बताएका थिए ।प्रधान मन्त्री देउवाले सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउँदै तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन्। आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।