काठमाडाैं : सहसचिव रामेश्वर दंगाललाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेकामध्ये पहिलो नम्बरमा रहेका अर्थ मन्त्रालयका सहसचिव दंगाललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा समितिको बैठकले पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो।
