प्रहरीको अपरेशन ‘लिमा’: राजश्व छलेर ल्याइएको ५० लाखको थप सामान बरामद

 संवाददाता    २०७८, १७ माघ सोमबार १९:४६     112 जनाले पढ़िसके



Spread the love

काठमाडौंः नेपाल प्रहरीले राजश्व छलेर ल्याइएको अन्दाजी ५० लाख बराबरको सामान बरामद गरेको छ। गत शुक्रबार विदेशी ब्राण्डका मदिरामा राजश्व छली गरेको कसूरमा पक्राउ परेका व्यवसायी सन्तोषचन्द्र बख्रेलले राजश्व छली गर्दै अन्य व्यवसाय पनि सञ्चालन गरेको पाइएपछि छापा मार्दा सो रकम बराबरको सामान बरामद भएको हो।

महानगरीय अपराध महाशाखाको टोलीले बख्रेलले राजश्व छलेर ल्याएको सुर्तीजन्य पदार्थ, विभिन्न कस्मेटिक्सका सामान, विदेशी ब्राण्डका चुरोटहरू बरामद गरेको छ। महाशाखाले बख्रेललाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको छ।

महाशाखाले २५०० किलो सुर्तीको धुलो रहेको बोराहरू, ओपालिन लेखेको सुर्तीको खोल रहेको बोरा ५८० किलो, ब्रेस्ट अप लेखेको कार्टुन, डोभ साबुन र स्याम्पु रहेको ठूला १७ वटा कार्टुन, क्लियोपाट्रा, गोल्डेन किङ लगायतका चुरोट १४५ बन्डल, ३० पिस लेडिज कुर्ता सुरुवाल लगायतका सामान बरामद गरेको छ।