राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतपरिणाम येस्तो छ (सूचीसहित)

 संवाददाता    २०७८, १३ माघ बिहीबार ०७:५९     94 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको सातै प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । १९ जना राष्ट्रिय सभाका सदस्यका लागि बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक मतपरिणाम अनुसार सक्ता गठबन्धन विजयी भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेश १ मा एक सिट मात्रै जितेको छ । अन्य प्रदेशमा गठबन्धका उम्मेदवारहरु विजयी भएका छन् । यस्तै गठबन्धनमा रहेको जनमोर्चाले पनि एक सिट हासिल गरेको छ । यसअघि राष्ट्रिय सभामा जनमोर्चाका सदस्य थिएनन् ।

निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना र कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । यस्तै गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​