धर्मशाला सञ्चालनका लागि बतास समूहसँग भएको सम्झौता रद्द गर्ने पशुपति क्षेत्र विकास कोषको निर्णय

 संवाददाता    २०७८, १२ माघ बुधबार ०८:३५     104 जनाले पढ़िसके



Spread the love

पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्नका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको कोषको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानबिन गरेर आवश्यक कारबाही गर्ने र सम्झौता रद्द गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिएका छन् ।

मन्त्री ओलले गलत भएका कामको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । नियमविपरीत सरकारी सम्पत्तिमाथि हस्तक्षेप गर्नेमाथि कारबाही गर्ने उनले बताए ।

आफूले लोकप्रियताका लागि नभएर दायित्व मात्र निर्वाह गरेको उनको भनाइ छ । यसअघि मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा निर्माण हुँदै गरेको क्यान्टिन बन्द गर्न निर्देशन दिएका थिए । बतास समूहले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको पनि निरीक्षण गरेका मन्त्री आलेले त्यहाँ नियमविपरीत ‘सेभेन स्टार’ होटल चलाएको भन्दै कारबाही गर्ने बताएका थिए ।