चालीस लाख मोडर्ना खोप मध्ये सोह्र लाख साठी हजार डोज आइपुग्यो

 संवाददाता    २०७८, ११ माघ मंगलवार ०९:०३     97 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आएको जानकारी दिनुभयो । मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने खोप हो ।

अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । आपूर्ति शाखा प्रमुख डा. चौरसियाले बाँकी २३ लाख ४० हजार मात्रा खोप मङ्गलबार बिहान आइपुग्ने जानकारी गराए । कोभ्याक्समार्फत विश्व बैङ्कको सहुलियतमा आउन लागेको ४० लाख मात्रा खोपमध्ये सोमबार १६ लाख ६० हजार मात्रा खोप आएको हो । यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ ।

यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो । आपूर्ति शाखा प्रमुख डा. चौरसियाले सोमबार र मङ्गलबार आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय नभएको बताए । यसअघि आएको मोडर्ना खोप प्रदेश १ का ११, मधेसका पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाइएको थियो ।