मेरो भनाई कोहि व्यक्तिप्रती लक्षित हैन : रेणु यादव

 संवाददाता    २०७८, १० माघ सोमबार १३:२७     96 जनाले पढ़िसके



Spread the love
काठमाडौं । जनमत पार्टीका नेता सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि विवादमा परेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो बचाउ गरेकी छन् ।

उनले सोमबार वक्तव्य जारी गर्दै ५ माघमा आफूले दिएको वक्तव्य कसैप्रति लक्षित नभएको दाबी गरेकी छन् । सोमबार वक्तव्य जारी गर्दै मन्त्री यादववले आफूले आपसी मुठभेड नगर्न वा हुन नदिन, हिंसात्मक गतिविधि हुनबाट जोगाउने अभिव्यक्ति दिएको दाबी गरेकी छन् । मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै

उनले भनेकी छन्, ‘मेरो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको जानकारी लागि अनरोध गर्दछु ।’आफ्नो अभिव्यक्ति व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएको भन्दै उनले दुःख व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । आगामी दिनमा यसप्रति रचेत रहनेछु ।