ललितपुरमा मंगलबारदेखि कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।
ललितपुर जिल्लाका विभिन्न पालिकामा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बुस्टर डोज दिन लागिएको हो।
बुस्टर खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलन सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकहरू र महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई दिन लागेको हो।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू, सार्वजनिक क्षेत्र (सरकारी कार्यलय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक आदि) लाई लक्षित गरी बुस्टर खोप दिन लागेको हो। बुस्टर खोप लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। त्यहाँ जाँदा पहिलेको खोप कार्ड अनिवार्य लिएर जानुपर्ने छ।