माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय

 संवाददाता    २०७८, २५ पुष आईतवार १९:००     97 जनाले पढ़िसके



Spread the love

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र’ (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

देशभर कोरोना संक्रमित बढेपछि त्यसको रोकथामका लागि भन्दै आइतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्द गराउने निर्णय गरेको हो ।

भोलिदेखि नै लागू हुने सूचना निकाल्नका लागि शिक्षा मन्त्रालयमा निर्देशन दिइसकेको सीसीएमसीका सचिव रामप्रसाद थपलियाले बताए ।

सिसिएमसीले १० कक्षासम्म बन्द गर्नेगरि निर्णय गरेको हो । कोरोना विरुद्धको खोप गाउन नभ्याइसकेले तत्काललाई विद्यालय बन्द गर्ने निष्कर्षमा सिसिएमसी पुगेको हो ।