यदुलाल खरेललाई रास्ट्रीय अनुसन्धान प्रमुख बनाउने मन्त्रिपरिषद्को निर्णय

 संवाददाता    २०७८, २१ पुष बुधबार १९:०७     154 जनाले पढ़िसके



Spread the love

काठमाडौं– सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो।यही पुस २३ गते ३ वर्षे सेवा अधविका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय सरकारले गरेको हो। उनले आगामी ९ महिनासम्म गुप्तचर प्रमुखको नेतृत्व सम्हाल्न पाउने छन्। खरेलसँगै एआई अर्थात अतिरिक्त अनुसन्धान निर्देशकको रुपमा यादव प्रसाद रेग्मी थिए। उनीहरु दुई गुप्तचर प्रमुख बन्ने प्रतिस्पर्धामा थिए।