राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया पुस १७ गते अर्थात् शनिबारबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया भोलिबाट सुरु हुने जानकारी दिए ।