सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गर्यो

 संवाददाता    २०७८, १३ पुष मंगलवार १२:५६     71 जनाले पढ़िसके



Spread the love

सिरहा । सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो । पुस १३ र १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि।के।राज इन्टरप्राईजेज ९पेट्रोल पम्पसम्म० ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।