काठमाडौं- नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ। सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने भएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने भएको हो।
कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ। यस्तै उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गराउनुपर्नेछ। यस्तै २६ गतेत दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने व्यवस्था गरिएको छ भने मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले निर्णय गरेको छ।
कार्यतालिकाअनुसार मंसिर १६ गतेदेखि नै प्रादेशिक अधिवेशनअन्तर्गत निर्वाचनका कार्यक्रम सुरु हुने भएका हुन्। प्रदेश सभाको नेतृत्व चयनका लागि मंसिर १८ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कांग्रेसको कार्यतालिका छ।