चितवन: नेकपा एमालेको सौराहमा जारी दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
अध्यक्ष मण्डलमा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, रामबहादुर थाप, टोपबहादुर रायमाझी, सुवास नेम्वाङ लालबाबु पण्डित र छबिलाल विश्वकर्मा छन्। यही बैठकले नयाँ नेतृत्वको नाम टुंगो लगाउने भएको छ। ओलीले पार्क सफारीमा दिनभर बसेर सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने गरी सूचीलाई अन्तिम रुप दिएको बताइएको छ।