भीम रावललाई मनाउने अन्तिम कसरत जारी, पर्चा खोसिए

 #एमाले महाधिवेशन     २०७८, १२ मंसिर आईतवार ११:२७     97 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । एमालेको जारी १० औँ महाधिवेशनमा सर्वसम्मत पदाधिकारी तथा नेतृत्व चयनको एजेन्डा पेचिलो बनेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावललाई उम्मेदवारी फिर्ता लिन केपी ओली पक्षीय नेताहरुले निकै फकाइरहेको बताइएको छ ।

निर्वाचन प्रक्रिया शुरु हुनअघि नै अध्यक्ष ओली र रावलबीच भेट गराउने प्रयास भइरहेको छ । रावललाई पनि सहमतिमा ल्याउन ओलीनिकट नेताहरु हिजोदेखि नै लागिपरेको बताइएको छ ।

बन्दसत्र स्थलमा भीम रावलको पक्षमा देखिएका पर्चा समेत खोसिएका छन् । महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेको बताइएको छ । रावललाई भोट माग्ने खालका चुनावी पर्चा बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । तर रावल ब्याक हुने संकेत देखिएको पनि छैन ।