बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएपछि भीम रावलको विरोध

 संवाददाता    २०७८, ११ मंसिर शनिबार २१:५१     76 जनाले पढ़िसके



Spread the love

प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशनअन्तर्गत जारी बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीलाई दिएपछि नेता भीम रावलको विरोध जनाएका छन्।

पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा छान्ने जिम्मा ओलीलाई दिने विष्णु पौडेलको प्रस्ताव बन्दसत्रले पारित गरेको छ। अधिकांश प्रतिनिधिले ताली बजाएर .प्रस्ताव अनुमोदन गरे पनि रावलले भने विरोध जनाएका छन्।

रावलले आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोहीअनुसार उम्मेदवारी दिने पनि बताए। रावलको पक्षमा केही प्रतिनिधि पनि उभिएका छन्।