एमालेको विधान संशोधन थपिए केन्द्रिय सदस्य र पदाधिकारी साथै ब्यूँतियो पोलिट्ब्युरो पनि

 संवाददाता    २०७८, ११ मंसिर शनिबार ०४:४९     86 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने निर्णय नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको छ।एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय लिएको हो।

केन्द्रीय कमिटीको यो निर्णयसँगै अध्यक्षमा प्रतिस्पर्धा गर्न तयार उपाध्यक्ष भीम रावल अब पछि हट्ने भएका छन्।

बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ। त्यस्तै पोलिटब्युरो कमिटी पनि ब्यूँताउने निर्णय भएको छ।

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकका निर्णय

– केन्द्रीय कमिटी – ३०१ सदस्यीय

– पोलिटब्युरो – ९९ सदस्यीय

– स्थायी कमिटी – ४५ सदस्यीय

– पदाधिकारी/ सचिवालय- १९ सदस्यीय

– उपाध्यक्ष -७/ उपमहासचिव -३

– सल्लाहकार परिषद- ३०१ सदस्यीय

– आयोगहरू – २५ सदस्यीय