नेकपा (एकीकृत समाजवादी) सर्लाहीले व्यापक रुपमा संगठन विस्तार सुरु गरेको छ।हरिवनमा सम्पन्न जिल्ला पदाधिकारीको वैठकले पार्टीले मंसिर महिना भित्र गर्ने कार्ययोजना तयार गरेको छ ।मंसिर महिना भित्र सदरमुकाम मलंगवामा पार्टी कार्यालय खोल्ने, सचिवालय गठन गरी कामको जिम्मेवारी तोक्ने, कमिटी बन्न बाकी जिल्लाका पालिकामा कमिटी गठन गर्ने, तिन महिने पार्टी केन्द्रिय अभियान सफल पार्ने लगायतका निर्णय गरेको हो । मलंगवा, वागमती, हरिपुर, इश्वरपुर, कविलासी लगायतका पालिकाका नगर भेला मंसिर भित्र सम्पन्न गरेर कमिटी घोषणा गरिने तय भएको छ । जिल्ला ईन्चार्ज क. रबिन्द्र बैठा, केन्द्रीय सदस्य क. बेची लुंगेली, जिल्ला अध्यक्ष क. सुरेन्द्र लामा, उपाध्यक्ष क. देबेन्द्र राय एबं क. अन्जु पौडेल, सचिब क. गोबिन्द अधिकारी, उपसचिवहरु लगाएतले बैठकमा धारणा राखेका थिए।

