काठमाडौँ- एमालेका उपमहासचिव घनश्याम भुसालले दसौँ महाधिवेशनका क्रममा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका छन्।
सन्चारकर्मी सँग शुक्रबार महाधिवेशनस्थल सौराहामा कुरा गर्दै नेता भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन्।
एमालेभित्र विपक्षीका रुपमा चिनिएका भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि अर्का विपक्षी भुसालले कुन पदमा उम्मेदवारी देलान् भन्ने चासो थियो।
एमालेभित्र माधव नेपाल गुटका भुसाल नेपालले अर्को पार्टी बनाएपछि भने एमालेभित्रै रहेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने महाधिवेशनका क्रममा सर्वसम्मत नेतृत्वको प्रयास गरिरहेका छन्।