एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक आज बस्ने

 संवाददाता    २०७८, १० मंसिर शुक्रबार १६:१६     86 जनाले पढ़िसके



Spread the love

एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक आज सौराहामा बस्ने भएको छ।

नेता प्रदीप ज्ञवालीका अनुसार आज बेलुका ८ बजे चितवनको सौराहास्थित जंगल क्राउन होटलमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ।

एमालेले आज दसौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ।

नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन कार्यक्रम सकिएको छ। बन्द सत्र र निर्वाचनसम्बन्धी अन्य कार्यक्रम सौराहमा हुनेछ।