देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

 संवाददाता    २०७८, ८ मंसिर बुधबार ०७:४६     89 जनाले पढ़िसके



Spread the love

देशभर दिनप्रतिदिन चिसो बढिरहेकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तेस्तो बताएको हो।

जसमा भनिएको छ – देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।