माओवादीका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको दुर्घटनामा निधन

 संवाददाता    २०७८, ८ मंसिर बुधबार ०७:३६     97 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, ८ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को दुर्घटनामा परेर निधन भएको छ ।मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा बन्जाडे उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको थियो । उनको बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले जानकारी दिए ।बुटवल बेलबासका ५५ बर्षिय बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । बन्जाडे मोटरसाइकल पछाडि सवार थिए । उनको उपचारको क्रममा निधन भएको हो । मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते भएका छन ।