कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

 संवाददाता    २०७८, ७ मंसिर मंगलवार २२:००     63 जनाले पढ़िसके



Spread the love

प्यूठान — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । ६५ मत गणना गर्न बाँकी हुँदा तेस्तो स्थिति उत्पन्न भएको बताईएको छ।