प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना

 संवाददाता    २०७८, ६ मंसिर सोमबार ०९:०७     89 जनाले पढ़िसके



Spread the love

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नम्बर १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। प्रदेश-१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।

अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहने उनले बताए। यतिबेला काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने मौसमविद् श्रेष्ठले जानकारी दिए।

राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली भइ हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमपातका कारण चिसो अझै बढ्ने भएकाले उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।