देशभर बाट महाधिवेशन प्रतिनिधि छान्दै आज राप्रपा

 संवाददाता    २०७८, ६ मंसिर सोमबार ०८:४७     133 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचन सुरू गर्ने भएको छ।

यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा राप्रपाको महाधिवेशन हुँदैछ। सोही महाधिवेशनमा आउन देशभरबाट प्रतिनिधि छनौट गर्ने कार्य आजदेखि सुरू हुने राप्रपा नेता मोहन श्रेष्ठले बताए।

महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९ सय ७० जना प्रतिनिधि छनौट भई आउनेछन्।

महाधिवेशन प्रतिनिधि छनौट गर्न आजदेखि मंसिर ८ गतेसम्म समय छ।

राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा ९ जना प्रतिनिधि छनौट गर्नेछ।

३ जना खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरी ९ जना निर्वाचित हुनेछन्।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि हुन्छन्।

राप्रपा महाधिवेशनमा कूल चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि आउनेछन्।