नुवाकोट काँग्रेसमा केसी समूह पत्तासाफ, सबै क्षेत्रमा महत पक्ष विजयी

 संवाददाता    २०७८, ४ मंसिर शनिबार २०:४२     82 जनाले पढ़िसके



Spread the love

नेपाली काँग्रेस नुवाकोटको प्रदेश क्षेत्रको अधिवेशनमा केसी समूह पराजित भएको छ । केन्द्रमा देउवा समूह र पौडेल समूह भएपनि नुवाकोटमा केसी (अर्जुननरसिंह केसी) र महत (रामशरण महत–प्रकाशशरण महत) समूह रहेकोमा अधिवेशनमा महत समूहले बाजी मारेको हो । मतपरिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा केसी समूह पराजित भएको छ । अर्जुननरसिंह केसीका स्वकिय सचिव सरोज केसीलाई हराउँदै सुशील खड्का विजयी भएका हुन् । त्यस्तै प्रदेश सभा (ख) मा पनि केसी समूहका ऋषिकुमार तामाङलाई भारी मतान्तरले पराजित गर्दै महत पक्षीय उम्मेदवार विजयी भएका हुन् । जहाँ रामजी पौडेल विजयी भए । यस्तै नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा (ख) को प्रदेश कार्यसमितिमा महत खेमाका मानिने बहादुरसिंह लामा समर्थित उम्मेदवार गणेशमान तामाङ निर्वाचित भएका छन् । सो चुनावमा केसी खेमाका आतमसिंह तामाङ पराजित भए । यस्तै नुवाकोट २ नम्बर क्षेत्रकै प्रदेश सभा ‘क’ को सभापतिमा पनि बैकुण्ठबहादुर पाण्डे विजयी भए । सो क्षेत्रमा केसी समूहका अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ पराजित भए ।