काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।’म आइहाल्छु नि ! तपाईंहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि !’, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भएको छ ।