राप्रपाको महाधिवेशन फेरि सर्यो

 संवाददाता    २०७८, ३ मंसिर शुक्रबार ०७:०९     100 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ।

यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।अब मंसिरकै १५,१६,र १७ गते महाधिवेशन हुनेछ।

पार्टीका अध्यक्षहरूबीच छलफलपछि महाधिवेशन केही पर सारिएको थियो।

महाधिवेशन काठमाडौंमा हुने उक्त पार्टीले जनाएको छ।

साथै महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति पनि हेरफेर गरिएको छ।

मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यतालिका बनाए पनि अब मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने चुनाव हुने राप्रपाले जानकारी दिएको छ।