कांग्रेस केन्द्रिय निर्वाचन समिति बैठक आज बस्दै

 संवाददाता    २०७८, २ मंसिर बिहीबार ०८:५२     68 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको हो।

बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तयारी कांग्रेसको छ।

विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि आज निर्वाचन समितिको बैठक बस्न लागेको हो।

सिन्धुपाल्चोकमा २ वडामा अधिवेशन हुन सकेको छैन। रसुवामा पनि केही वडामा अधिवेशन हुन सकेको छैन।त्यस्तै सर्लाहीमा पनि आज गर्नुपर्ने वडा अधिवेशनको अबेर राति सम्मको विवरण अनुसार तयारी पुरा भएको छैन भन्ने खबरहरु आइरहेका छन।

कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बाँकी जिल्लामा मंसिर १० भित्र जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका छ।