काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन । विहान पौने ११ बजे बुद्ध एयरबाट नेपालगञ्ज जाने तयारी भएको उनको सचिवालयले जनाएको छ । राजपाका पूर्वसहमहामन्त्री पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन ।
२०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समुहको नाममा मिश्रले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । हृदयेश त्रिपाठी निकट मानिएका मिश्र एमालेमा प्रवेश गर्ने भएपछि नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् । राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्तियाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए ।
आजको कार्यक्रममा राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानसहित ३ हजार भन्दा बढी अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए।