सर्वोच्चका पाँच न्यायाधीश नियमित काममा फर्किने

 संवाददाता    २०७८, २९ कार्तिक सोमबार १७:३६     66 जनाले पढ़िसके



Spread the love

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको कारबाही माग गर्दै उनले तोकेका बन्दिबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीसँगको छलफलमा नबस्ने निर्णयमा पुगेका छन्। सर्वोच्च अदालतका १९ न्यायाधीश मध्ये तेजबहादुर केसी, वमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने निर्णय गरेको पाँच मध्ये एक न्यायाधीशले बताए। हामीहरूबीच हप्तादिन अघि नै गोलाप्रथा लागु गरेर काममा फर्किने सहमति भएको थियो। विभिन्न कारणले त्यो लागु हुन सकिरहेको छैन। जनतालाई न्यायदिन बसेका हामी इजलास नबस्दा उनीहरूले पाएको सास्ती देखेर चित्त दुख्यो,’ उनले भने, ‘त्यसैले अब हामी फूर्लकोट बाहेक अरू कुनैपनि छलफलमा सहभागी नहुने निर्णय गर्यौं। हामी नियमित काममा फर्किन्छौं।’