एमाले विरुद्ध गठबन्धनमा भएकाे सहमतिबारे बोले मेटमणी चौधरी

 संवाददाता    २०७८, २८ कार्तिक आईतवार १६:१८     70 जनाले पढ़िसके



Spread the love

रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् लुम्विनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेलाई हराउन गठबन्धनमा भएकाे सहमतिबारे खुलासा गरेका छन् ।

हिजो रुपन्देहीको देवदह नगर भेलामा बोल्दै नेता चौधरीले आगामी निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिएको ठाउँमा कांग्रेस र माओवादीले उम्मेदवारी नदिने गठबन्धनसँग सहमति भएको खुलासा पनि गरे ।

नेता चौधरीले नेकपा एमालेलाई सबै ठाउँबाट हराउनका लागि गठबन्धनमा सहमति गरेर उम्मेदारी दिने सहमति यसअघि नै भएको बताए। चौधरीले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी देशको ठूलो पार्टी बन्ने दावी गर्दै अबको निर्वाचनमा ओलीले नेतृत्व गरेको एमालेले कुनै ठाउँमा चुनाव नजित्ने दावी गरेका छन् ।

कम्युनिष्ट आन्दोलन र संविधान रक्षाको लागि नयाँ पार्टी निर्माण गर्नुपरेको बताउँदै उनले एकीकृत समाजवादी पार्टी निर्माण नभएको भए कम्युनिष्ट आन्दोलन समाप्त हुने तर्क गरेका थिए ।