रोल्पामा जीप दुर्घटनाः ३ जनाको मृत्यु,

 संवाददाता    २०७८, २८ कार्तिक आईतवार १३:२०     95 जनाले पढ़िसके



Spread the love

रोल्पामा आइतबार बिहान भएको पिकअप जीप दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार मृतकमध्ये १ पुरूष र एक महिलाको पहिचान भइसकेको छैन।

थप तीन जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्‍याइएको डिएसपी सुवेदीले जानकारी दिए । उनीहरू गम्भीर घाइते भएकाले बाहिरी जिल्ला लैजान हेलिकप्टर मगाउने तयारी भइरहेको डिएसपी सुवेदीले बताए।प्रहरीका अनुसार माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो।

प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरेको छ।’

जीप अझैं भिरमै अड्किएको अवस्थामा रहेको छ। जीप साढे ३ सय मिटर तल खसेको सुबेदीले जानकारी दिए ।