विप्लव नेकपाका २१ कार्यकर्ता पक्राउ

 संवाददाता    २०७८, २८ कार्तिक आईतवार १२:५८     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेत्रविक्रम चन्द-विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ परेका छन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आइतबार चक्काजाम गर्न खोज्ने क्रममा २१ जना कार्यकर्ता पक्राउ परेका हुन्।

त्रि-चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो।