प्रधानन्यायाधीशले तोके आफूबाहेक १६ न्यायाधीशलाई इजलास

 संवाददाता    २०७८, २८ कार्तिक आईतवार ११:५०     98 जनाले पढ़िसके



Spread the love

धर्नाका कारण बिहान ढिला मात्रै सर्वोच्च छिरेका राणाले आफूलाई भने आज इजलास तोकेका छैनन्।

आज राणाले न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराई, मिरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमा, बमकुमार श्रेष्ठ र हरिप्रसाद फुयाल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र कुमार चुडाल, तेजबहादुर केसी र मनोजकुमार शर्मालाई इजलास तोकेका हुन्।

प्रधानन्यायाधीश राणाले आइतबारका लागि ८ संयुक्त र २ एकल इजलासमा २७२ थान मुद्दाको पेशी तोकेका छन् ।

आज प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाहरू पनि छन्।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा १२ र टंकबहादुर मोक्तानको इजलासमा १० वटा मुद्दाको पेशी तोकिएको छ।

संयुक्त इजलासतर्फ न्यायाधीशहरू कुमार रेग्मी र डा. कुमार चुडालको इजलासमा सबैभन्दा बढी ६६ मुद्दाको पेशी तोकिएको छ।