बारको धर्ना छल्दै महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

 संवाददाता    २०७८, २८ कार्तिक आईतवार ११:१४     72 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतको मूल गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज पनि सर्वोच्च अदालत छिरेका छन्।

महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:४८ बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्।

राणालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान साढे ९ बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए।

नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार बिहान सर्वोच्च अदालतको गेटभित्र वकिलहरू धर्नामा बसेका हुन्। उनीहरूले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।

शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए।