समाजवादी प्रेस संगठनले पायो पुर्णता शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समिति गठन

 संवाददाता    २०७८, २७ कार्तिक शनिबार १७:२६     89 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टी निकट समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो।

संगठनको महासचिव भूपराज खड्का, उपाध्यक्षमा प्रकाश खतिवडा, शितल साह, प्रकाश खतिवडा, भवानी कार्की, बुद्धिविर वाहिङ राई, शान्तराम बिडारी, तिर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा, राजेन्द्र कुँवर रहेका छन्।

यसैगरी उपमहासचिव तेजप्रसाद वाग्ले, उपमहासचिव उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिव, सुभाषप्रसाद साह, सचिव उत्तरसिंह बिष्ट, सचिव गोविन्द चौलागाई रहेको महासचिव खड्काले जानकारी दिए।