आज १२ जिल्लामा कांग्रेसको वडा अधिवेशन ३ जिल्ला अझै अनिश्चित

 संवाददाता    २०७८, २७ कार्तिक शनिबार ०८:३९     97 जनाले पढ़िसके



Spread the love

क्रियाशील विवादलगायतका विविध कारणले रोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरू हुँदैछ।

यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएका छन्।

विवादका कारण बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजबाट सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आज वडा अधिवेशन हुँदैछ।सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा आज वडा अधिवेशन नहुने भएको छ। सिन्धुपाल्चोकमा ३० गते वडा अधिवेशन हुनेछ भने पर्सामा अझै टुंगो लागेको छैन। यता सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ।