गायक राम कुमार कार्की को नयाँ लोक दोहोरी गीत को ‘डाडा गाउँकी ठुली र सानी ’ रामकुमार कार्की आफिसिएल युटुब च्यानल मार्फत आज सार्वाजनिक भएको छ । साजन पराजुलीको शब्द र चर्चित गायक सर्जक सरोज लामिछानेको संगीतमा तयार भएको गीतमा स्वयम रामकुमार कार्की र गायिका पार्वती कार्कीको आवाज सुन्न सकिन्छ । आर के मिलन को अरेन्ज रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको रेकर्ड कर्ण सन्ज्याल ले गरेका छन भने ध्वनि संपादन, मिक्सिङ/ मास्टर गोबिन्द सोनी को रहेको छ । गीतको भिडियोमा जेरी भण्डारी ,अस्मिता ढकाल ,शौरभ जंग कार्की र आयुसा गौतमको अभिनय देख्न सकिनेछ । सांग्रिला क्रियशनको पोस्ट प्रोडक्सन मा बनेको दोहोरी भाकालाई जेरि भण्डारी ले निर्देशन गरेका छन, करण चैसिरको छायांकन रहेको भिडियो बिनोद बम ले सम्पादन गरेका हुन् ।
गीतको पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।