इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ ।
बीबीसी पर्सियन सेवाका अनुसार इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रले हस्ताक्षर गरेको सन्देश सार्वजनिक गरेका छन् ।
सन्देशमा अली खामेनीको ‘रगतको बदला’ उनका हत्यारासँग अवश्य लिइने उल्लेख गरिएको छ।
मोहम्मदको यो सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको हो ।
इरानका सर्वोच्च नेता अली खामेनीको हत्या फेब्रुअरी २८ मा भएको थियो । सोही दिन संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका थिए ।
आक्रमणमा अन्य धेरै उच्च इरानी अधिकारीहरूसँगै खामेनीका परिवारका केही सदस्य पनि मारिएका थिए ।
बीबीसीका अनुसार खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ ।
यस्तै, शोकसभा इराकका बगदाद, काजिमैन, करबला र नजफमा पनि आयोजना गरिने जनाइएको छ ।