तीन दिनमा ६ हजार ५ सय घटेको सुनको भाउ आज उच्च दरमा बढेको छ। सुनको भाउ आज तोलामा ६ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ८३ हजार ५ सय पुगेको छ।
सुनको मूल्य हिजो तोलामा ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सयमा झरेको थियो।
मंगलबार सुनको भाउ तोलामा ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १८० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ७० रुपैयाँ थियो।